
काठमाडौं । अमेरिकाको लस एन्जलस शहर यतिबेला तनावग्रस्त बनेको छ । आप्रवासीमाथिको धरपकडविरुद्ध सुरु भएको प्रदर्शन नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा गार्डपछि अब समुद्री सेना नै सडकमा उतारिएको छ ।
आप्रवासी विवाद बढ्दै जाँदा राज्य र सङ्घीय सरकारलाई आमनेसामने उभ्याएको छ । घटनाले राजनीतिक भूकम्प नै ल्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध कडा रूपमा प्रस्तुत भएका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले उनीविरुद्ध मुद्दा नै दायर गरेका छन् । ट्रम्पले आफ्नो अधिकार क्षेत्र मिचेर सेना परिचालन गरेको उनको आरोप छ ।
यसले अमेरिकाको सङ्घीय प्रणाली र राज्यको अधिकारबीचको पुरानो बहसलाई फेरि सतहमा ल्याइदिएको छ । सम्पूर्ण विवादको केन्द्रमा छन्, पक्राउ परेका मजदुर नेता डेभिड हेराल्ड । प्रशासनले उनलाई महानगरीय बन्दी गृहबाट अदालतमा पेश गर्ने तयारी गर्दा उनका समर्थकहरू उनको तत्काल रिहाइको माग गर्दै सडकमा छन् । प्रदर्शनकारीहरूले अदालत नजिकैको पार्कबाट आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।
गभर्नर न्युसमले समुद्री सेनाको प्रयोगको कडा आलोचना गर्दै तैनाथ गरिएका सेनालाई आफ्नै नागरिकविरुद्ध कदम नचाल्न अपिल गरेका छन् । ‘यदि तपाईंहरूले आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम उठाउनुहुन्न भने नायक ठहरिनुहुनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्