images
images
  • काठमाडौँका पूर्व हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

    सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता गरेको भन्दै हाल काठमाडौंका सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका तत्कालिन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरूद्ध अख्तियारले बुधवार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो ।

    परियारसहित मुद्दा दायर हुनेमा महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरी रहेका छन् । अख्तियारले उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी समेत गरेको छ ।

    सामाखुसी करिडोरको ढल निर्माण कार्यको ठेक्कामा बोल कबोलभन्दा बढी मूल्यलाई ठेक्का दिएको अख्तियारको आरोप छ । ढल निर्माणमा समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष–कोहिनुर जेभीले ठेक्का हालेका थिए ।

    समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

    तर ठेक्का भने कम कबोल गर्ने समानान्तर निर्माण सेवा प्रालिलाई नदिएर कल्पवृक्षलाई दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान गरी अख्तियारले परियारसहित ७ जनालाई मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै