images
images
  • जसपा नेपालका प्रदेश सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

    काठमाडौं । जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिएको छ ।

    विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । यसअघि अख्तियारले सांसद कुशवाहाको घरमा छापा मारेको थियो ।

    महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद कुशवाहाको घरमा सोमबार छापा मार्ने क्रममा उनका निजी सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।

    सो क्रममा योजनासँग सम्बन्धित केही कागजात पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।त्यतिबेला सांसद कुशवाहा भने सम्पर्कविहीन भएका थिए ।

    कुशवाहा एउटै निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै