images
images
  • घुस खाएको प्रमाणित गरेर देखाउन माधव नेपालको चुनौति

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् ।

    शुक्रवार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए ।

    उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।

    उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

    माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ ? उनले भने– ‘नबिराउनु, नडराउनु, बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन, मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस् । म चुनौतिका साथ भन्न चाहन्छु ।’

    अध्यक्ष नेपालले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै