
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।
उनले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए ।
उनले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाए ।
सरकार भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न गम्भिर नदेखिएका कारण आफूहरुले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्