
रातोपाटीन्यूज । सिन्धुपाल्चोक
बाह्रबिसे नगरपालिका–४ बाह्रबिसे बजारस्थित किस्टोन हस्पिटल एण्ड रिसर्च प्रालिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ६ सय ३७ जनाले निशुल्क उपचार र औषधी पाएर लाभन्वित भएका छन् ।
बाह्रबिसे नगरपालिका–६ गातीका ८० बर्षीय लाक्पे शेर्पा पैसाकै अभावमा बषौंदेखि हाडजोर्नीको समस्या पालेर बस्न बाध्य हुनु भएको थियो । उपचार गर्न पैसा नभएपछि रोगबाट थलिनु भएका उहाँले घर नजिकै आएको शिविरबाट उपचार पाएको बताउनु भयो ।
बाह्रबिसे नपा–४ की ५६ बर्षीया दलमाया थामी लामो समय पाठेघर समस्याले ग्रसित भएर बस्न बाध्य हुनु भएको थियो । बिपन्न परिवारकी थामीले राजधानीका अस्पतालमा पुगेर उपचार गर्न पैसा र समय थिएन् । तर घर आँगनमै निशुल्क शिविर आएपछि सहजै उपचार पाएको थामीले हर्ष ब्यक्त गर्नुभयो । शेर्पा र थामी त उदाहरणीय पात्र मात्रै हुन, उहाँहरु जस्ता ६ सय ३७ जनाले उक्त शिविरमा निशुल्क उपचार पाएका छन् ।
बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गापा, सुनकोशी गापा, बलेफी गापा लगायतका बिपन्न नागरिकले सो स्वास्थय शिविरमा उपचार सेवा पाएका छन् ।
डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरको बिशेष सहयोग तथा किस्टोन अस्पतालको आयोजनामा बिशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
उक्त अस्पतालका संस्थापक अध्यक्ष कृष्णगोपाल श्रेष्ठले सामान्य चिकित्सा, स्त्री रोग बिशेषज्ञ, शल्यचिकित्सा, हाडजोर्नी रोग बिशेषज्ञ, बालरोग, सुगर, प्रेसर रोग, हर्निया हाइड्रोसिल पाइल्स, पत्थरी आदि रोग बिशेषज्ञ उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।
डा. इवामुरा मेमोरियल अस्पतालका एम डि जेनेरल प्राक्टिस्नर डा. बिनोद दंगाल, सिनियर कन्सल्टेन्ट डा उदय कोइराला, कन्सल्टेन्ट सर्जन डा. जितेन्द्र प्रसाद सिंह, बालरोग बिशेषज्ञ डा. राजेन्द्र शिल्पकार, डा. इवामुरा मेमोरियल अस्पतालका डा. तास्मिन जमल, डा. अशोक कुमार शाह, नशा तथा हाडजोर्नी रोग बिशेषज्ञ डा. नितिन केयल लगायतका बिशेषज्ञ र डाक्टरसहितका स्वास्थकर्मीले उपचार प्रदान गरिएको थियो । साथै उक्त अस्पतालमा शनिबारदेखि नै टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।
किस्टोन अस्पतालका अध्यक्ष श्यामबहादुर भुजेलले उक्त शिविरमा भिडियो एक्सरे, एक्सरे, ल्याब टेष्ट, औषधीउपचार निशुल्क प्रदान गरिएको बताउनु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्