images
images
  • डडेल्धुरा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम स्थापनाको १७ वर्ष पार गरेर १८ वर्षमा प्रवेश

    डडेल्धुरा । जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफ.एम १०४.८ मेघाहर्जको स्थापनाको १७ वर्ष पार गरेर १८ वर्षमा प्रवेश गरेको छ ।

    स्थापनाकालदेखि नै सूचनाको माध्यम मात्र नभई, समुदायप्रतिको उत्तरदायित्व बोध गर्दै सूचना तथा संचारको यात्रामा जिल्लाका विभिन्न विषयहरुलाई प्राथमिकता दिँदै आएको आफनो एफएमले लगातार ३ दिन विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

    नियमित श्रोताहरुलाई रेडियो बितरण
    आफनो एफएमले वार्षिकोत्सवको अवसरमा पहिलो दिन आफ्ना नियमित श्रोताहरुलाई रेडियो वितरण गरेको छ।

    आफनो एफएमले वार्षिकोत्सवको दोस्रो दिन रेडियो सुन्न चाहने तर किन्न नसक्ने स्रोताहरुका लागि ५० सेट सोलार रेडियो बितरण गरेको थियो ।

    विद्यालयलाई खेलकुद सामाग्री वितरण
    जिल्लाको नवदुर्गा गाउपालिका वडा नं. १ मा रहेको भैरव प्राथमिक विद्यालयलाई उहाँहरुको माग अनुसार खेलकुद सामाग्री वितरण गरेको रेडियोका संयोजक विजय कुमार मानन्धरले बताउनु भयो । उनका अनुसार ४ सेट फुटबल, २ सेट भलिबल, बलमा हावा भर्ने पम्प, व्याडमिन्ट्न २ सेट, भलिबल नेट, मादल, ६ जोर ट्रयाकसुट, रिङ ६ वटा, लुडो २ सेट, डोरी १३ थान, पजल क्युव ५ सामाग्री बितरण गरेको हो ।

    त्यस्तै डडेल्धुरा जिल्लामा रहेका विभिन्न पालिकाका ४ पीडित परिवार नबदुर्गा गाउपालिका ०१ कि नारु दमाई, गन्यापधुरा गाउपालिका वडा न ०२ का हिक्मत कार्की, अमरगढि नगरपालिकाका २ परिवार गरी जम्मा ४ परिवारलाई खाद्यान्न स्वरुप १र१ कट्टा चामल, २ किलो दाल, २ पोका तेल, २ किलो चिनि, १ किलो नुन प्रतिपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको थियो ।

    जिल्लास्थित पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम
    आफनो एफएमले वार्षिकोत्सवको तेस्रो दिन जिल्लास्थित सम्पुर्ण पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरी कार्यक्रम सम्पन्न गरेको हो ।
    अन्तरक्रिया कार्यक्रममा आफ्नो एफएमका संयोजक बिजय मानन्धरले डडेल्धुरामा रेडियो सुरुवातको इतिहास साथै सम्पुर्ण पत्रकारहरुलाई आवश्यक सहयोग सुझावका निम्ति धन्यवाद ज्ञापन गरे ।
    उहाँले १८ वर्षको यात्रामा हामीले सूचनाको माध्यम मात्र नभई, समुदायप्रतिको उत्तरदायित्व बोध गर्दै हरेक वर्ष समाजसेवाको कुनै न कुनै रूप अवलम्बन गर्दै आएको बताए।

    कार्यक्रममा उपस्थित जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुले रेडियो आफ्नो एफएम अरु एफएम भन्दा छुट्टै रहेको र एफएमले गरेको कामको प्रशंसा गरेका थिए। आफनो एफएमले अझै सामूदायिक क्षेत्रमा सशक्त रुपले सबैसँग हातेमालो गरी अघि बढ्न सुझाव समेत दिएका छन् ।

    त्यस्तै कार्यक्रममा आफ्नो एफएमका नियमित श्रोता पबित्रा भाटबाट केक काटेर कार्यक्रमको भव्यताका साथ सम्पन्न गरिएको हो । आफनो एफएमले हरेक वर्ष विविद्य सामाजिक कार्यगरी आफनो बार्षिक उत्सब मनाइरहेको छ ।

    आफ्नो एफएम हाल डडेल्धुरा लगायत ओखलढुंगा, रुकुम, चितवन, दाङ र जनकपुर गरी ६ स्थानबाट प्रसारण भइरहेको छ र बाकि २ वटा प्रदेशमा रेडियो खोलेर नेपालका सातै प्रदेशबाट समाज रुपान्तरण गर्ने योजना रहेको रेडियोका संयोजक बिजय कुमार मानन्धरले बताउनु भयो ।

    २०६५ साल जेठ ३२ गते डडेल्धुरा जिल्लामा कुनै पनि संञ्चारका माध्यमको स्थापना नभएको समयमा जिल्लामा सबैभन्दा पहिले रेडियो आफ्नो एफएमको स्थापना भएको थियो । आफ्नो एफएम ले जनताको जनचासो विषयहरु समाजमा भैईरहेका अनिमियतता, विकास निर्माणका कार्यको जानकारी, सरोकारवालाहरुको ध्यानकर्षण लगाएतका कार्यहरुमा एफएमले आवाज बुलन्द पार्दै सुदुरपश्चिमको कला, भाषा संस्कृति, जर्गेना गर्दै आइरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै