images
images
  • निर्वाचन आयोगको जवाफ- रास्वपाको महामन्त्री मुकुल ढकाल नै

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा डा. मुकुल ढकाल नै रहेको उल्लेख छ ।

    आयोगको पछिल्लो अद्यावधिक विवरण अनुसार ढकाल नै रास्वपाका महामन्त्री हुन् ।

    गत वर्ष भदौ ११ गतेको रास्वपाको पार्टी बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

    गत बुधवार मात्रै ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए/नभएकोबारे सूचना माग गरेका थिए ।

    आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ पठाएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै