images
images
  • गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

    वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई रुष्ट बनाएको छ।

    अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा इजरायली आक्रमको विरोध गर्दै आक्रोश व्यक्त गरेकी छन्।

    ‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोचका होलान्, उनले इरानमा बम प्रहार गरिरहेको समयमा गाजामा के गरिरहेका छन्, भन्ने कसैले याद गरेको छैन,’ उनले एक्समा लेखिन्।

    गाजामा अहिले ५५ हजार मारिएको, भोकमरीको समस्यामा परेको, राहत वितरण गर्न गएको तथा चिकित्सकहरू सीमाबाट फर्काइएका लगायत कुरा उनले इङ्गित गरेकी छिन्। ‘संसारले तिमीलाई हेरेको हुनसक्छ, बेन्जामिन नेतान्याहु’ उनले लेखिन्। पेसाले कानुन व्यवसायी वारेन अमेरिकाको सिनियर सिनिटेर हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै