काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि हालै लगाइएका आरोपहरूलाई ‘नियोजित षड्यन्त्र’को संज्ञा दिएका छन् ।
एक सार्वजनिक अपिल जारी गर्दै उनले आफूलाई राष्ट्रिय राजनीतिबाटै किनारा लगाउने उद्देश्यले चरित्र हत्याको शृङ्खलाबद्ध अभियान चलाइएको दाबी गरेका छन् ।
लामिछानेले राष्ट्रप्रेमी र नयाँ सोच बोकेका व्यक्तिहरूलाई राजनीतिबाट विस्थापित गर्ने ठूलो योजनाअन्तर्गत आफूलाई निशाना बनाइएको जिकिर गरे । ‘मलाई जनताबाट पाएको समर्थन, साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको छ,’ उनले अपिलमा भनेका छन्, ‘विगत तीन वर्षदेखि केही सीमित गुटले मेरो चरित्र हत्या गर्न योजनाबद्ध रूपमा लागिपरेका छन् ।’
पत्रकारिता छाडेर राजनीतिमा होमिएपछि आफूले निरन्तर देशका ज्वलन्त मुद्दाहरूलाई प्राथमिकता दिएको तर त्यसलाई रोक्न अनेक प्रपञ्च रचिएको उनको भनाइ छ । आफ्नो व्यक्तिगत जीवनका पुराना विषयलाई समेत राजनीतिक हतियारका रूपमा प्रयोग गरिएकोमा उनले खेद प्रकट गरे । अमेरिका बसाइका क्रममा भएको वैवाहिक सम्बन्ध र त्यससँग जोडिएका पाटाहरूलाई राजनीतिक स्वार्थपूर्तिका लागि उचालिएको आरोप लगाउँदै उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने कुत्सित प्रयास हो ।’
आफ्ना समर्थक तथा आम नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै लामिछानेले आफू पुनः जनताको माझमा आएर जिम्मेवारी लिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो, तर म विचलित छैन ।’
अपिलको अन्त्यमा उनले आफू कुनै पनि हालतमा नझुक्ने दृढता व्यक्त गरेका छन् । लामिछानेले थपेका छन्, ‘यो सस्तो राजनीति हो । जनतालाई झुक्याउने खेल हो । तर म टुक्रिन तयार छु, झुक्न सक्दिनँ ।’
हेर्नुहोस् पूर्णपाठ:-


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)




















प्रतिक्रिया दिनुहोस्