
रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–८ ले २१७ जना जेष्ठ नागरिकलाई टर्चलाइटसहित सम्मान गरेको छ ।
जेष्ठ नागरिकको हकहितमा काम गर्दै आएको उक्त वडाले प्रत्येक बर्ष बिपन्न, पिछडिएका बर्ग समुदायको लागि आयमूलक, सीपमूलक कार्यक्रम गर्दै आएको वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
वडा कार्यालयको आन्तरिक बजेटबाट जेष्ठ नागरिकमा दृष्टि कमजोरीलाई साहरा होस् भन्ने उदेश्यले टर्चलाइट प्रदान गरिएको श्रेष्ठले बताउनुभयो । यसभन्दा अघि सो वडाले आत्मनिर्भरताका लागि दर्जनौ पाडापाडी प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्