
काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु (एमपी सुब्बा) जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। विशेष अदालतको इतिहासमै सबै न्यायाधीश सहभागी भएको यो पहिलो मुद्दा हो।
दृष्टि साप्ताहिकले गत आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारमा आधारहिन आरोप लगाउँदै विशेष अदालत प्रशासनले अदालतप्रति भ्रम सिर्जना गर्ने र न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अदालतको अवहेलना गरिएको दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।
सुनुवाइपछि अदालतले ‘अहिलेलाई’ भन्दै भविष्यमा निर्णय हुने गरी श्रेष्ठ र लिम्बुसँग जनही २५ हजार धरौटी माग गरेको हो। अदालतले समाचार हटाउन वा परिवर्तन गर्न नपाइने आदेश पनि यसअघि नै जारी गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्