images
images
  • गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह–अब कानुनी प्रक्रिया अपनाउनू

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोबास गरिरहेका नेपालीलाई अब कानुनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन् ।

    बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानुनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन् । उनले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि आग्रह समेत गरिन् । उनले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन् ।

    महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल सुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।

    उनले भनिन् ‘एउटा कुरा त हामीले इल्लिगल भएर बसेकाहरूलाई लिगलाइज गर्नु जरुरी छ । यसको पनि कट अफ डेट छ । यसले इल्लिगल जानेहरूलाई इनकरेज गरेको हो कि भन्ने बुझ्नुभएन । यसको हामीले कट अफ डेट यहीँ कारणले राखेका छौँ सेप्टेम्बर २०२४ पछि जानेहरूलाई हामी लिगलाइज गर्न सक्दैनौँ । यो बारम्बार खोल्न पनि खोलिँदैन । अब गइदिनेहरू प्लिज लिगल रूपमा गइदिनुस् । पुरुषहरू पनि लिगली राम्रो काम गरिरहनुभएको छ भने ठिकै छ तर, सकेसम्म उहाँहरू पनि जुन हामीले गर्भमेन्ट टु गर्भमेन्ट सम्झौता गरेर पठाएको कामदारहरूलाई एन्टटेन्ट गर्ने हो कि भन्ने कुराहरू पनि छ । तर, हामीले मेन चाहिँ महिलाहरूलाई प्रोटेक्सन गर्नको लागि यो काम अहिले गरेका छौँ ।’

    उनले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनको लागि आफूहरूले प्रयास गरिरहेको बताइन । उनले आफूहरूको परीक्षण राम्रो भए विदेशमा रहेको नेपालीहरूकोबारे सम्बन्धित देशका दूतावासहरूलाई जानकारी गराउने जिकिर गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै