images
images
  • सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाइरहेका छन् : श्रममन्त्री

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाएको बताएका छन् ।

    बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले श्रम सञ्चार भन्ने पोर्टललाई प्रविधिहरूलाई बढाएर लैजाने बताए । उनले प्रत्येक पालिकादेखि नियोगसम्म सूचना नेटवर्क बनाउन खोजिरहेको बताए । उनले श्रम सञ्चारलाई नागरिक एपसँग समेत जोडिएको बताए ।

    मन्त्री भण्डारीले वैदेशिक रोजगारीका हरेक जानकारीहरूलाई नागरिकको हातमा पुग्नुपर्ने उद्देश्यसहित आफूहरूले काम गरेको बताए । उनले सूचनाकै अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरू ठगिने गरेको बताउँदै सूचना प्रणालीलाई प्रयोग गरेर अहिलेको प्रविधिलाई बलियो बनाउने बताए ।

    उनले भने ‘श्रम सञ्चार भन्ने पोर्टल जुन हामीले एनाउन्स गरेका छौँ, प्रविधिहरूलाई बढाएर लैजानुपर्ने हुन्छ । यो नेशनल लेबलको डिजिटल पोर्टल हो । यसका सेवाहरू हामी जोड्दै जान्छौँ । सेवा जोड्ने क्रममा प्रत्येक पालिकादेखि नियोगसम्म इन्फरमेसन नेटवर्क बनाउन खोजिरहेका छौँ । यसलाई हामी नागरिक एपसँग पनि जोडेका छौँ । के खालको वैदेशिक रोजगार, कुन कम्पनीले कहाँ ल्याएको छ भन्ने जानकारी हरेक नागरिकको हातमा पुग्नुपर्छ भन्ने हिसाबमा । यो क्षेत्रमा सूचनाको अभावले सबैभन्दा धेरै नेपालीहरूले दुःख पाएका छन् । सूचनाकै अभावले नेपालीहरू ठगिने गरेका छन् । सूचना प्रणालीलाई प्रयोग गरेर अहिलेको प्रविधिलाई बलियो बनाउँदैछौँ ।’

    उनले जुन सुकै देशमा भए पनि नेपाली नागरिकले आफू नेपाली भएको अनुभूति गर्नुपर्ने र आफूहरूले त्यसो दायित्व बोक्नुपर्ने समेत बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै