
कोहलपुर । कोहलपुरमा पहिलो पटक ९औं जेसिआई एकेडेमी सुरुवात भएको छ ।
नेपाल जेसिजको आयोजना तथा कोहलपुर जेसिजको आतिथ्यतामा जेसिआई नेपाल एकेडेमी कोहलपुरमा आजदेखि सुरु भएको हो। तिनदिन सम्म संचालन हुने सो कार्यक्रममा कोहलपुर नगरपालिकाकि उपप्रमुख तथा प्रमुख अतिथि संगिता सुबेदीले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घाटन गरेकी हुन।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुबेदीले नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम कोहलपुरमा सुरुवात हुनु कोहलपुर नगरको लागि गौरवको कुरा भएको बताउनुभयो । देशको सक्षम जनशक्ति लिडरहरु उत्पादन गराउने जेसिज एउटा नेपालकै लागी नमुना संस्था भएकोले यसबाट राज्यलाई पनि उत्तिकै लाभ हुने उपप्रमुख सुबेदिले बताइन्।
उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाल जेसिजका प्रत्येक तालिमहरु लाभदायक हुँदै गएको बताउनुभयो । जेसिआई एकेडेमीबाट उद्यमशीलता र नेतृत्व विकासमा थप उर्जा मिल्ने बताउनुहुँदै कार्यक्रममा सहभागीहरुलाई उहाँले कार्यक्रम सफलताको शुभकामना समेत दिनुभयो । साथै कोहलपुर जेसिजका अध्यक्ष दिपेन्द्र कठायतले जेसिआई एकेडेमी कोहलपुरमा आतिथ्यता गर्न पाउनु सौभाग्यको कुरा भएकोले नेपाल जेसिजलाई उनले धन्यवाद दिए ।
तीन दिनसम्म संचालन हुने एकेडेमीमा भारत र नेपालका प्रशिक्षकहरुले प्रशिक्षण दिने भएका छन जसमा नेपालभरबाट ६० जनाभन्दा बढिले तालिम प्राप्त गर्ने आतिथ्यता शाखाले रातोपाटी न्यूजलाई जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्