images
images
  • एसईई नन–ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड नआएका (नन ग्रेड) विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईई नतिजासँगै मौका परीक्षाबारे जानकारी दिएको हो ।

    बोर्डले परीक्षा दिन योग्य नन ग्रेड विद्यार्थीहरूलाई साउनको अन्तिम साताबाट परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।

    परीक्षा बोर्डका अनुसार यस वर्ष कक्षा १० को एसईई परीक्षामा सहभागीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

    बाँकी विद्यार्थीहरूमध्ये ‘नन ग्रेड’ वर्गमा परेकाहरूले मौका परीक्षाबाट फेरि ग्रेड सुधार गर्ने अवसर पाउने छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै