images
images
  • यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

    काठमाडौँ । सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष रहने गरी कर्जा असुली न्यायाधिकरण गठन गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतको अध्यक्षतामा वसन्तराज पुरी, गोविन्द शर्मा गैह्रे सदस्य रहने गरी कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत पनि गरेको छ ।

    सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न १५ निर्णय गरेको छ ।

    यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु :

    सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव श्री रघुराम विष्ट र सदस्यहरूमा पूर्व सहसचिवहरू श्री रोहित कुमार विसुराल तथा श्री थानेश्वर गौतमलाई नियुक्त गर्ने ।

    विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

    सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

    २०८२ असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने हाइ लेभल इन्टररिजिनल नालेज एक्सचेन्ज अन वन कन्ट्री वन प्रायोरिटी प्रोडक्ट कार्यक्रममा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    खानेपानी र सरसफाइ क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टेरियल कमिटमेन्टस् नेशनल ट्रान्सफर्मेशन इन, एण्ड थ्रुरु, वाटर, स्यानिटेशन एण्ड हाइजिन विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने ।

    बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने ।

    सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी, धनकुटा तथा श्री गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने ।

    कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

    नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने ।

    फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औं सेसन अफ द वर्ल्ड हेरिटेज कमिटीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा श्री राम शरण पुडासैनी, काठमाडौंलाई नियुक्त गर्ने ।

    प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने ।

    नेपाल र भारत सरकारबिच हस्ताक्षर हुने कोअपरेसन इन द फिल्ड अफ हेल्थ एण्ड मेडिसिन विषयक समझदारीपत्र स्वीकृत गर्ने ।

    नेपाल र भारतबिच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने ।

    राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने ।

    खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै