images
images
  • पूर्वराष्ट्रपति भण्डारीले सेवा–सुविधा कटौतीका लागि सरकारलाई पठाइन् पत्र

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आफूलाई उपलब्ध गराइने सेवा–सुविधा कटौती गर्न गृह मन्त्रालयलाई पत्र पठाएकी छन् ।

    हालसम्म भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

    साथै सुरक्षाकर्मीका लागि घर भाडा समेत उपलब्ध गराइरहेको छ । तर उनी गाडी सुविधा भने लिएकी छैनन् । मासिक २०७ लिटर पेट्रोल सुविधा भने दिइरहेको छ ।

    गृह मन्त्रालयका एक अधिकारीका अनुसार सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराइने गरिएको छ । साथै पूर्वराष्ट्रपतिलाई प्रोटोकल भित्र सुरक्षा हटाउने तयारी नभएको पनि मन्त्रालयले जनाएको छ ।

    पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टीमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै