images
images
  • कसैको निगाहले राजनीतिमा आएको होइन : रामहरि खतिवडा

    काठमाडौं । संघीय संसद्का राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा सम्बन्धी विधेयक तयार पार्दा आफूमाथि अनुचित आक्रमण भएको बताएका छन् ।

    बुधबार समितिको बैठकमा बोल्दै खतिवडाले सांसदहरुद्वारा आफूलाई कडा आलोचना र बेइज्जती सहनुपरेको बताए । ‘हामीले जस्ताको त्यस्तै छ भनेर लैजाने क्रममा बीचमा तुहाउने काम भएको छ, जुन गम्भीर र अक्षम्य अपराध हो,’ उनले भने ।

    खतिवडाले आफ्नो कुनै गल्ती प्रमाणित भए कुनै पनि सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारे । ‘म कसैको निगाहले राजनीतिमा आएको होइन । म निर्वाचित भएर आएको हुँ, मेरो बुबा शहीद भएको कारणले होइन, नचन्दा दिएर पनि होइन,’ उनले भने ।

    उनले आफूले कानुन निर्माणको काम गाह्रो तर निष्ठापूर्वक गर्दै आएको र आफूमाथि गरिएको आक्रमणलाई स्वीकार नहुने बताए । ‘म क्यारेम्बोड खेल्ने र अन्यत्र लाग्ने व्यक्ति होइन । म निष्ठा र प्रतिष्ठा लिएर यो काम गर्दै आएको छु,’ उनले थपे ।

    खतिवडाले असार २ गते आफ्नो संसदको लोगो खोसिएको र आफूमाथि निरन्तर आक्रमण जारी रहेको पनि बताए ।

    समितिका सभापति खतिवडाले यस विषयमा उच्चस्तरीय छानबिन गर्न सभामुख देवराज घिमिरेसँग अनुरोध गर्ने तयारीमा रहेको जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै