
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र लोकतन्त्रप्रति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानलाई स्मरण गर्दै अहिलेको नेतृत्वले त्यो सपना साकार पार्न ध्यान नदिएको बताएका छन् ।
कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा शनिबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हामी विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतातिर अगाडि बढेका छौं त ?’
प्रचण्डले अहिलेको संसदीय अभ्यास, सरकारका गतिविधि र न्यायालयको कामकारबाही जनअपेक्षाविपरीत भइरहेको टिप्पणी गरे ।
‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ,’ उनले भने ।
स्वयं प्रचण्डले जनताको भावना बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानमा आफू निस्किएको उल्लेख गर्दै भने, ‘जनता सन्तुष्ट छैनन् । यदि निष्ठापूर्वक जनताको पक्षमा प्राथमिकता दिएनौं भने अवस्था गम्भीर हुनसक्छ ।’
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय र सबल संसद् को परिकल्पना अझै कार्यान्वयन हुन नसकेको बताउँदै अहिलेको नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए ।
‘गिरिजाबाबुको योगदानको सम्मान गर्दै जनताले देखेका गणतान्त्रिक सपना साकार पार्न नेतृत्व गम्भीर बनोस्,’ उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्