काठमाडौँ । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताएकी हुन् ।
उनले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताइन् । गलत टिप्पणी गर्ने र कुनै कुरा धैर्यतापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गरिन् । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभई राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसाबले गएको हुने बताइन् । बोल्दा हेक्का पुर्याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौती दिइन् ।
उनले भनिन् ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैर्यतापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसाबले गएको हुन्छ । पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईँलाई सिकाउनपयो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पुर्याएर बोल्न चुनौती दिन चाहन्छु ।’
सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताइन् । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो रु भन्दै प्रश्न गरिन् । रास्वपाको राष्ट्र प्रेम पटक पटक घटनाक्रमहरू र तथ्य तथ्याङ्कहरूबाट देखिसकेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्