images
images
  • जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता : ऊर्जामन्त्री

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताएका छन् ।

    सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता भएको मन्त्री खड्काको भनाइ छ ।

    मन्त्री खड्काले विधेयकमा १६७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै राष्ट्रहित र आवश्यकताका आधारमा संशोधनहरूलाई ग्रहण गरेर अघि बढ्नुपर्ने बताए ।

    उनले भने ‘जलस्रोत विधेयक अहिले निकै आवश्यक छ । ढिलो गर्नुहुन्न । यसमा केही मिलेको छैन भने समृद्ध बनाएर पास गरेर लिएर जानु आजको आवश्यकता हो । खासगरी जलका लागि अझै बढी आवश्यकता छ । हामीले जलविद्युत तथा वैकल्पिक ऊर्जाका पनि कुराहरू गरिरहेका छौँ । अघिल्लो सरकारले ल्याएको यो विधेयकमा १६७ जना माननीयज्युहरुले संशोधन राख्नुभएको थियो । राष्ट्रहितमा तथा हाम्रा आवश्यकताहरूलाई पूर्ति गर्नेगरी आएका संशोधन प्रस्तावहरू ग्रहण गरेर लिएर जान सकिन्छ । जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण लगायतका कुराको लागि विधेयक महत्त्वपूर्ण हुनेछ ।’

    उनले सरकार जलविद्युत र वैकल्पिक ऊर्जा विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै