images
images
  • नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्ड जस्ता भए : जनार्दन शर्मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका छन् ।

    पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कम्युनिष्ट पार्टीहरुभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरु नै हराउँदै गएको उनको भनाइ छ ।

    उनले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरुमा जनवाद हराउँदै गएको बताए । उनले कम्युनिष्ट पार्टीहरुको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताए ।

    उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरुले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताए ।

    कम्युनिष्ट पार्टीहरुले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उनको भनाइ छ ।

    उनले कम्युनिष्ट पार्टीहरु कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताए । उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पूरा ग-यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ ।

    कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उनको भारणा छ । उनले नेपालका कम्युनिष्ट नेताहरुले सेटिङमा असुली धन्दा गरेको ठहर भएकै जिकिर गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै