images
images
  • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

    बोर्डको शैक्षिक क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने भए पनि यसपटक तोकिएको समयसीमामा नतिजा सार्वजनिक हुन सकेन ।

    गत चैत २० गतेदेखि सुरु भएको शिक्षकहरूको २९ दिन लामो आन्दोलनका कारण नतिजा सार्वजनिक प्रक्रिया प्रभावित भएको बोर्डले जनाएको छ । आन्दोलनका कारण परीक्षा तालिकासमेत प्रभावित भएको थियो ।

    पहिले ११ वैशाखमा हुने तय भएको परीक्षा स्थगित भएर २१ वैशाखदेखि सञ्चालन गरिएको थियो । यसपटकको परीक्षामा देशभरिबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।

    नतिजा  https://neb.ntc.net.nphttps://neb.gov.np लगायतका वेबसाइटमार्फत नतिजा हेर्न सकिने छ । साथै, एसएमएस र विभिन्न मोबाइल एपहरूबाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै