images
images
  • बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण

    बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।

    यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूलाई मंगलबार प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै