images
images
  • यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

    काठमाडौँ । संघीय संसद् आज महत्त्वका विभिन्न विषयमा हुने छलफलले व्यस्त रहने भएको छ । आज अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ भने विभिन्न संसदीय समितिहरूले पनि आ-आफ्ना कार्यसूचीमाथि गहन छलफल गर्नेछन् ।

    संसद् सचिवालयका अनुसार, आजको प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ लाई विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

    प्रतिनिधिसभाको पूर्ण बैठकका अतिरिक्त आज चारवटा विषयगत समितिहरू पनि सक्रिय रहनेछन् । समितिहरूमा राष्ट्रिय विकास र स्रोत व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमा छलफल केन्द्रित हुनेछ:-

    • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: यस समितिले ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ का विषयमा सरोकारवालासँग छलफल गर्नेछ ।

    • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति: समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफल अगाडि बढाइनेछ ।

    • विधायन व्यवस्थापन समिति: यो समितिले ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ ।

    • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति: यस समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल केन्द्रित हुने संसद् सचिवालयले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै