रातोपाटीन्युज, काठमाडौं । २०६४ सालको संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट भारी मतले बिजयी संविधान सभा सदस्य राजकुमार श्रेष्ठ लामो समयसम्म राजनीति छाडेर निष्क्रिय भई अहिले पुन नेकपा (माओबादी केन्द्र)मा सक्रिय राजनीति सुरु गर्नुभएको छ । केही दिनअघि माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजकुमारलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
२०७७ सालमा माओबादी केन्द्र विभाजित भएपछि श्रेष्ठ पार्टी छाडेर निष्क्रिय रहनुभएको थियो । जनयुद्धकालदेखि नै माओबादीमा सक्रिय रहेका नेता लामो समय निष्क्रिय बनेसंगै निर्वाचन क्षेत्र नं. १ मा माओबादीको संगठन कमजोर बनेको थियो ।
राजनीतिबाट टाढा रहेर श्रेष्ठ दोलखामा कृषि व्यवसायमा आवद्ध हुनु भएका थियो । उक्त जिल्लाको गौरीशंकर गाउँपालिका–२ मा पूर्व साँसद श्रेष्ठले ओमन फोलसी एग्रीकल्चर प्रालि संचालन गरेर कफी र एभोगाडो खेती गर्दे आईरहनु भएको थियो । उत्पादनमा आत्मनिर्भरता हुन सकेमात्रै राजनीति संग्लिने र देश र जनता समृद्ध हुने सोचले उहाँले कृषि र्फम संचालन गर्नु भएको थियो ।
पार्टीमा फर्केसंगै प्रचण्डले श्रेष्ठलाई माउ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिनुभएको छ । साउन ११ गते श्रेष्ठलाई पार्टी स्वागत गरेर पुन केन्द्रीय सदस्यको जिम्मेवारी दिईएको माओबादी केन्द्रले जनाएको छ । माओबादीमा पुन फर्किएपछि श्रेष्ठले भन्नुभयो–‘अब माओबादीमा रहेर देश र जनताको समृद्धिमा लाग्नेछु’ । कम्युनिष्ट एकता र समाजबादी क्रान्तिका लागि उत्पादनमा जोड दिने माओबादीमा सक्रिय भएको उहाँले बताउनुभयो । श्रेष्ठ माओबादीमा फर्केपछि सिन्धुपाल्चोकका जनतामा नयाँ आश पलाएको बलेफी गापा–८ का रेशम कार्कीले प्रतिक्रिया दिनुभयो । माओबादी संगठन कमजोर बन्दै गएकोमा श्रेष्ठको पुनरागमनले संगठन बिस्तार र सुदृडीकरणमा सुधार हुने माओबादी कार्यकर्ताको अपेक्षा छ । बिशेषत प्रतिनिधि सभा–१ मा माओबादीको संगठनमा सुधार हुने जनाईएको छ ।
उक्त क्षेत्रमा २०६४ सालमा नेकपा एमालेका अम्मेदवार अरुण नेपाललाई पराजित गर्दे श्रेष्ठ संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठले २१ हजार पाँच सय, नेपालले १३ हजार तीन सय र काँगे्रस उम्मेवार मोहन बहादुर बस्नेतले ७ हजार मत प्राप्त गरेका थिए ।
संविधान सभा निर्वाचित भएपछि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्रेष्ठले सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गापा–३ स्थित सुनकोशी मोटरेवल पुल, जलविरे ढाँडेको पक्की पुल, झोलुंगे पुल, त्रिपुरासुन्दरी गापा घोर्थलीस्थित हाँडीखोला पक्की पुल, बगरे पुल, सुनकोशी गापा सुकुटेको मोटरेवल पुल, लिस्ति पुल, टिमुरेको पुल, तातोपानी सुख्खा बन्दरगाह, डाक्लाङ पहिरो नियन्त्रणका लागि सरकारी बजेट ल्याउनु भएको थियो ।
तौथली जाने मोटरेवल पुल, सुकुटे २१ किलो कालोपत्रे, बलेफी तेम्बाथान सडक, बाह्रबिसे खानेपानी आयोजना, दावीखोला पक्की पुल, सडक, खानेपानी, सिचाँई, कृषि बिकास निर्माण लगायतका जनजीविका उठाउने काममा केन्द्रीय र सरकारी निकायका बजेट उक्त काममा ल्याउनु भएको अन्नत प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ ।
२०५४ असोजदेखि श्रेष्ठ माओबादीको पूर्णकालीन राजनीतिमा लाग्नु भएको थियो । त्यसअघि उहाँ २०४७ सालदेखि अनेरास्वियु छैठौंमा आवद्ध हुनुहुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्