images
images
  • शिक्षक महासंघले फेरि घोषणा गर्‍यो आन्दोलन, भदौ दोस्रो सातादेखि

    काठमाडौं– नेपाल शिक्षक महासंघले भदौको दोस्रो साताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।

    उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आंकलन गरिने जिकिर गरे ।

    बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उनको भनाइ छ । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै