काठमाडौं । केहि बर्ष अगाडी म जतिबेला गाउँमा थिए । राजनीति के हो ? अहिले पनि मज्जाले बुझ्न सकेको छैन । त्यो बेला त राजनीतिबारे चासो लिनुपर्ने आवश्यकता पनि थिएन । निर्णयात्मक भुमिकामा दलित पत्रकारहरु पछि छन् है ।
दलित पत्रकारले अधिकारको लडाईमा बर्षौदेखि लडिरहेका छन् ।
जिल्लामै बसेर केही अनलाइन मिडियाहरूमा काम गर्ने अवसर पाएपनि देश समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे बुझ्न सकेको थिएन् ।
समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे वुझन र कलम चलाउन वाध्य बनाएको छ । त्यहीँ समयमा भोग्नु परेकोका थुप्रै अवसर, चुनौतीहरुको भोगाईबाट शिक्षा लिदै अवसरको नयाँ सम्भावनाको लामो यात्रामा छु ।
समाचार लेखेकै र जनताको पक्षमा यथार्थ कुरा वोलेकै कारण राज्यद्धारा पनि दमनको सामना गर्नु पर्ने अनौठो अवस्था सम्म भोगियो ।
अनलाइनहरूमा काम गर्दै गर्दा २०७५ पुस १९ गते समाचार लेखेकै कारणले बझाङबाट पक्राउ गरि १२ दिन सम्म काठमाडाैंकाे टेकु हिरासतमा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको स्मरण भइरहन्छ ।
सुदुपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर-४ गाेलाईमा विसं २०५३ साल असार १४ गते पिता हरि कामी र माता डल्लीदेवी कामीको जेष्ठ सुपुत्रका रूपमा मेरो जन्म भयो । बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो। त्यति बेला म २१ बर्षको थिए ।
त्यस्तो वेला पनि कतिपय अग्रज पत्रकार ठान्नेहरुबाट पनि सहयोग नपाईएको भोगाइ छ । त्यसैले पनि उत्पीडित वर्गका तर्फवाट मिडियाको आवश्यता जरुरी भयो, र ठाने ।
जनताको पक्षमा वकालत गर्ने मिडिया नहुदा आज वर्ग स्वार्थमा मिडिया प्रयोग भइरहेको छ । दलालपुजीपति वर्गको रक्षा या सर्वहारा श्रमिजिवी वर्गको अधिकार सहितको सत्ता स्थापना यि दुवै धारमा मिडिया विभाजित छ । इमान्दार मिडिया प्रालिद्वारा सञ्चालित सञ्चारकेन्द्र अध्यक्ष/प्रकाशक कमल बुढादाईको लामो समयको पत्रकारितामा अनुभव र उँहाकाे सहयाेग म राजधानी जस्ताे ठाउ काठमाडाैंमा स्थापित हुन गार्हो भएन ।
मलाई एक्लै देखेर होला आफुलाई अग्रज पत्रकार ठान्ने केहि पत्रकार साथीहरुले भन्ने गर्थे ‘यस्तो फुच्चेले पनि काठमाडाैंमा के प्रगति गर्छ ?’ ‘गणेश विकलाई त समाचार लेख्न नै आउदैन । यस्तै यस्तै भनाईहरु सुन्न पाइन्थ्यो । तर पनि जनताको मुक्तिको लागि, जनपक्षीय पत्रकारिताको लाईनमा लाग्दा विरोधीहरुका आग्रह पूर्वाग्रह, षड्न्त्रहरु स्वत खरानी हुदा रहेछन । त्यसैले पनि मैले तत्काल हार खाइन र यसको प्रतिवाद गरिरहन पनि उचित ठानिन ।
मेराे पहिलाे पत्रकारिताकाे सुरूवाती साइपालपाेष्ट डटकमबाट नै शुरु गरे बिस्तारै हामी हाम्रो अनलाइन पत्रिकाले लेख्ने समाचारहरु समाजका विकृति विंगति, दलाल र दलालीकर अनि भ्रष्टचारीको विरुद्ध हुन्थे ।
कुनै न कुनै हिसाबले प्रहरी प्रशासनसम्म पुग्थ्यो । त्यसैले गर्दा पनि होला प्रहरी प्रशासन, नेता लगायत भ्रष्टहरुसंग त्यति राम्रो सम्बन्ध थिएन ।
म आफ्नो यात्रालाई निरन्तरता दिदै गए । जुन कुरा त्यो बेला बझाङका डिएसपी प्रविन धितालले मन पराएका थिएनन् ।
मैले लेख्ने समाचार नरुचाएका डिएसपीले मलाई पटक पटक पक्राउको प्रयास गरे । उनीहरुले समाजलाई भड्काउने समाचार लेख्छ भन्दै पक्राउको लागि हरेक प्रयास गरे ।
केही पत्रकारहरुले पनि मलाई असहयोग गर्दै आए । जुन मेरो मिडियाले दलीय कुरालाई प्रतिनिधित्व गर्छ । म कति पनि बिचलित भएन ।
धेरै पत्रकारहरु दलीय रुपमा विभाजित थिए । एकअर्कामा दलीय प्रतिशोध साध्ने र त्यही प्रकारलाई दलीय समाचारहरुलाई पक्षपोषण गर्थे ।
मैले लेख्ने समाचार परिवर्तनका पक्षमा हुन्थे । समाजका विकृति विंगति विरुद्ध हुन्थे । दलाल र दलालीकर अनि भ्रष्टचारीका विरुद्ध हुन्थे ।
दलाल र भ्रष्टचारीलाई मन पर्ने कुरै थिएन । ग्रामीण पत्रकारिताको दुख एक हदसम्म त थियो नै । अर्को राजनीतिक कार्यकर्ताले गरेको गलत क्रियाकलाप र भ्रष्टाचारका कुरालाई समाचार बनाउदा दलीय कार्यकर्ता र दलमा आवद्ध पत्रकारिता गर्नेहरुबाट निकै समस्यामा थिए ।
परिवतनका लागि विकृति विसंगति, दलाल र दलालीकर अनि भ्रष्टाचारीका विरुद्ध समाचारहरु लेख्दा राजनीतिक कार्यकर्ताहरुबाट त्यसलाई खण्डन गर्ने र दलमा आवद्ध पत्रकारहरुले त्यो समाचारलाई गलत बनाउने प्रयास हुन्थे ।
अर्को कुरा बझाङ जिल्लामा दलितको एक मात्रै मिडिया थियो, त्यो थियोे साइपालपाेष्ट नामक अनलाइन मिडिया ।
त्यसमा पनि जनपक्षीय आस्था राख्ने भएकै कारण मेरो परिपक्कता र क्षमतामाथि प्रश्न उठाउने दलमा आवद्ध पत्रकारबाट नै समस्यामा परेको थिए ।
तर कृष्णसेन ईछुक जस्ता पत्रकारहरुबाट पाएको उत्साह, उर्जा, प्रोत्साहन र उहाँले हिडाएको निडर पत्रकारिताको लामो यात्रामा छु । जुन अविरल यात्रामा अगाडी लम्किरहने छु । ईच्छुक जस्ता महान ब्यक्तिले देखाएको बाटोमा अलिकति पनि विचलित नभई अगाडी बढने प्रयासमा छु ।
जुन मैले पत्रकारिता क्षेत्रमा पाएको चुनौती हुन् । जीवनमा चुनौती संगसंगै अवसर पनि अघि बढिरहेका हुन्छन रे । पत्रकारिता त्यसैपनि दुखीया कर्म हो । तर आवाज विहिनहरुको मर्म बोल्ने आधार हो ।
पत्रकारिता भनेको सुत्केरी व्यथाजस्तै हाे। जहाँ सत्य जन्मिनु पहिले भयंकर पीडा सहनुपर्छ । जसरी आमाले सन्तान जन्माउँदा रगत, पसिना, आँसु मिसाएर नयाँ जीवन दिन्छिन् । त्यसैगरी एक पत्रकारले पनि अन्याय, धम्की, अपमान, अपहेलनाका पीडाभित्रबाट सत्यको किरण जन्माउँछ।
पत्रकारिताले विकृती, विसंगति, कुसंस्कार र वेथितिका विरुद्ध खवरदारी गर्छ । देशमा अमनचयन, सुशासन कायम गर्न राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालाई एकैसाथ पत्रकारिताले निगरानी गर्ने भएकाले पनि पत्रकारिता चौथो अंगको रुपमा स्थापित भएको छ ।
अधिकार, न्याय र समतामुलक समृद्धिका पक्षमा पत्रकारिताले सधै वकालत गर्छ । पत्रकारिताले आवाज विहिनहरुको आवाजलाई वाहिर ल्याउने र उनीहरुको पक्षमा सधै कलम चलाउँछ ।
विगतका दिनहरुमा पत्रकारिताले प्रजातन्त्र, बहुदल हुदै लोकतान्त्रीक गणतन्त्र ल्याउनमा ठुलो योगदान दियो ।राजनीतिक परिवर्तनको भुमिका निभायो । विभिन्न कालखण्डलाई छलागं मार्दै पत्रकारिता अहिले सामाजिक परिवर्तनको अवस्थामा आएको छ ।
यसले नेपाली पत्रकारिताको जगतमा धेरै आशातित सुधार गरेको छ । धेरै मिडिया हाउसहरु खुलिरहेका छन् ।जसको कारण कुनाकन्दराको जनताहरुलाई सूसुचित बनाएको छ ।
धेरै संख्यामा पत्रकारहरुको संख्यामा बृद्धि भएको छ । धेरै संख्यामा पत्रकारको बृद्धि भएपनि दलितहरुको हकमा भने यो लागु भएको छैन । यसले पत्रकारितामा दलित सहभागिता कति र कुन अवस्थामा र किन भएन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
२००७ सालको क्रान्ति, ०४७ हुदै ०६२/०६३ को जतिसुकै राजनीतिक परिवर्तनहरु भएपनि समतामुलक मानिएको देशमा दलितको अवस्थामा आशा गरिए अनुरुप सुधार भएको छैन ।
दलितका लागि समाज, परिवेश र अवस्था जस्ताको तस्तै छ । पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर यहि पत्रकारितामा दलित पत्रकारहरुको अवस्था जर्जर छ । सहभागिताको हिसावमा दयनिय छ ।
यसमा मुख्य समस्या समाजमा दलितलाई हेर्ने दृष्टिकोण र ब्रहमाणवादी सोचका अवशेषहरु नै हुन् ।
सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक जस्ता थुप्रै समस्याहरु छन् । तर यि मध्ये मुख्य कारण भनेकै राजनीतिक,आर्थिक,सामजिक र साँस्कृतिक विभेदका अवशेषहरु हुन । यि विभेदहरु समाजबाट हटेका छैनन् । झन वढेका छन ।
आज दलित पत्रकारहरु राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपले सशक्त र आत्मनिर्भर पनि हुन सकेका छैनन् ।
यसको पछाडिको प्रमुख कारण राज्यसत्ता हो र यसको दोष हो । पत्रकारिता समतामुलक न्यायका लागि वकालत गर्ने संवैधानिक अंग हो ।
तर यहि अंगमा दलित सहभागिता एकदमै न्युन छ । मुलधारमा रहेका सञ्चारगृहमा त व्यवसायिक दलित पत्रकारलाई औलामा गन्न सकिन्छ ।
जिल्ला तहमा औलामा गन्न नपुग्ने अवस्था छ । कारण सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक हो ।क्षमता र सक्रियतामा गैर दलितसरह प्रतिस्पर्धा गर्न सके पनि दलित भएकै कारणले तल रहनुपर्ने अवस्था हो । ब्रहामणवादी समाजमा योग्यता सक्षमता र दक्षता भएपनि दलित भएकैमा सामाजिक रुपमा हेपिनुपर्ने अबस्था छ ।
जिम्मेवार क्षेत्रको जिम्मा दिन नचाहने, दलितलाई अगाडी बढाए गैरदलितहरु हेपिनुपर्ने, पछि पर्नुपर्ने डरले सञ्चारगृहहरुले सक्षमता र क्षमता हुदाहुदै पनि अवसरवाट वन्चित गरेको धेरै ठाउँमा छ ।
पछिल्लो समय संख्यात्मक र गुणात्मक हिसाबले बढिरहेका छन् । तर बर्षौसम्म क्षमतालाई प्रदर्शन गर्ने वातावरण नपाएर धुरुधुरु रोएर कुर्सी छोडेका घटनाहरुपनि प्रशस्त उदाहरणका रुपमा पाइन्छन् ।
आज हामी एक्काइसौ शताव्दीको परिवेशमा छौ । अझ भनौ, ज्ञानविज्ञान र आधुनिकतामा छौ । दलित र गैरदलित एकै हुन भनिरहेका छौ । समाचारहरु लेखिरहेका छौ, आवाज बुलन्द गरिहेका छौ ।
तर यहीँ आवाजमा जानजान तगारो हालिरहेका छौ । रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कुनै दलित पत्रकारहरुको झुकाव कोपिलामै निमोठिन्छ ।
निमोठदाँ निमोठिदै, चिमोटिदा चिमोटिदै काँडेतार नाघेर जम्न लागेका दलित पत्रकारका लागि चुनौती बनिदिन्छ ।
समाजले हेर्ने दुष्टिकोण र आर्थिक समस्याले झन चुनौती थपिदिन्छ ।
समाचार लेखेकै भरमा दलित पत्रकारको इज्जतमाथि दाग लगाउने अनेक प्रपञ्च रचिन्छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुले धाक धम्की देखाउने, लोभलालचमा फसाउने काम गरेर दलित पत्रकारहरुको भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् ।
यति मात्र हैन आफ्नै सञ्चारगृहका सहकर्मी पत्रकारबाट अपेहेलित हुनुपर्छ । समाचार लेखेकै रिसको आबेगमा दलित पत्रकारहरुलाई मानसिक रुपमा टर्चर दिने, उनको कामप्रति कुनै न कुनै बहानामा खोट लाइदिने गरेका छन् ।
म गरिबी परिवारमा जन्मिएको व्यक्ति हुँ । सानैदेखि केहि न केहि नयाँ काम गर्न मन लाग्थ्यो । विशेष गरि एफएम रेडियोका कारण सञ्चार क्षेत्रमा आकर्षित गराएको हो ।
काठमाडौँमा घुमघाम गर्न मन लाग्यो केही समको लागी बझाङबाट राजधनीतर आई पुगे । यहि शिलशिलामा ०७६ सालमा यस कान्तिपथ डटकममा काम गर्ने मौका पाए । पहिला म गाँउकै स्थानिय रेडियो र राष्ट्रिय अनलाइन मिडियामा काम गर्थे । तर काठमाडौं आएपछि एकदमै गाह्रो भयो मलाई खान बस्नदेखी लिएर सबै।
यसै बेला केही पत्रकारहरू साथिसँग चिनजान एकदमै राम्रो थियो मेरो । मैले पत्रकारहरुलाई मलाई काठमाडौँमा काम गर्न कुनै मिडियामा काम खोजी दिनु भने ।
तेसपछि एकदमै सहयोग गर्नु भयो । संचारकेन्द्र डटकमका अध्यक्ष कमल बुढा र नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य जन्मदेब जैसीले मलाई काम खोजी दिनु भयो र मलाइ यो काठमाडौंजस्ताे स्वार्थि सहरमा जिउन बाच्न शिकाउनु भयो उहाँहरुको यो सहयोग जिन्दगी भर भुल्ने छैन् ।
तर यो काठमाडौंमा कोठा नै पाउन गाह्रो भयो कोठा खोज्नेक्रममा दलित भएकै कारण कोठा नपाउने समस्या आयो ।
एक महिना नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयकाे गेस्ट हाउसमा बस्नु पर्ने बाध्यता भयो तेसपछि अफिसकै (प्रवन्ध निर्देशक) देव चाैलागाईंलाई भनेर अफिसमै बस्ने बातावरण बन्यो । त्यसपछि म कान्तिपथ मिडियामा एकदमै मेहनतका साथ अघि बढे सबैले रिष डाहा गरे तर मैले आफ्नो कामलाई निरन्तता दिइरहे ।
मलाई समाज परिवर्तन गर्ने सशक्त माध्यम पत्रकारिता अर्थात सञ्चार क्षेत्र रहेछ भन्ने लाग्यो । विद्यालय पढदाको एफएममा बोल्ने रहर र आफ्नो जीवनमा घटेको घटनाले मलाई पत्रकारितामा डो-याउन सहयोग गरेको हो । यहि सन्दर्भमा मेरो इच्छालाई कान्तिपथ मिडियाले साकार पारेको हो ।
कान्तिपथ डटकमका संचालक देवराज चाैलागाईंले मेरो यात्रालाई काठमाडाैँमा टिकाउन थप सहयोग गर्नुभयो । र आजसम्म पत्रकारितामा रमाइरहेको छु । र उहीँ कान्तिपथ डटकमकाे डेक्स सम्पादक छु । र, पछिल्लो समय आफ्नै मिडिया “खप्तडटिभी” नामको अनलाइन मिडिया स्थापना समेत गरे । राम्रो हिसाबले चलिरहेको छ।
पत्रकारिता नितान्त समाजका लागि गरिने इमानको पेशा हो । यो पेशामा आफ्नो व्यक्तिगत इच्छा, आकाक्षा र स्वार्थ हावी हुनु हुँदैन ।
नितान्त समाजका लागि निस्वार्थ भएर इमानका साथ सत्यको पक्षमा बोल्ने, लेख्ने पेशा हो । पत्रकारिता जहिले पनि शक्ति र सत्ताको निगरानी गर्छ ।
सत्यका लागि शक्तिको विरोध गर्ने, सत्ताका लागि मरिहत्ते गर्ने गलत प्रवृतिको जहिले पनि विरोध गर्नुपर्छ ।
भनिन्छ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेको काम नागरिकका पक्ष छन की छैनन, यी तीनै अंगले गलत काम गर्दा त्यसको गल्ती औल्याउने काम सञ्चार क्षेत्रले गर्छ ।
यसकारण हाम्रो पेशालाई चौथौ अंग पनि भनिन्छ । तसर्थ यो पेशा स्वार्थ रहित व्यक्तिहरुले मात्रै गर्ने पेशा हो । कसैले चाहदैमा सजिलै गर्न सक्ने पेशा पनि होईन । निरन्तरको अध्ययन, आम नागरिकको सर्वोपरी हित गर्ने दृढ संकल्प सहित पत्रकारिता गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
हाम्रा अग्रज पत्रकारहरुले निकै निष्ठा र जीवनको उर्जावान समयको त्याग गरेर पत्रकारितालाई व्यवसायिक यूगमा ल्याउनुभएको हो । तसर्थ हामीले जहिले अग्रजलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन गर्नुपर्छ ।
मैलै परिचय पाए । आज नेपालको राजधानी काठमाडौंबाट पत्रकारिता गर्नेहरु को-को छन भनेर भन्दा मेरो नाम जोडिएको छ ।
“समाचारकै कारण कसैको जीवन परिवर्तन भएको छ ।”
पत्रकारिताकै कारण आजसम्म काठमाडौंमा टिक्न विक्न सकिएको छ । परिवारसँग दुःख सुख साटेर जीवन यापन भइरहेको छ । मेरो परिवार खुशि हुनुहुन्छ ।
आज एउटा सामान्य कार्यक्रम प्रस्तोताबाट सञ्चारकर्मममा होमिएको म विभिन्न सञ्चारगृहमा नेतृत्व तह हुँदै देशकै सबैभन्दा बढी सदस्य रहेको नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा कार्यसमिति सदस्य छु ।
याे माैकाकाे लागि मेरा आदरणीय दाइहरु विश्वमणि सुवेदी, रमेशकुमार बाेहाेरा, गाेपाल बराइलीप्रति आभारीसहित सम्झिँरहेकाे छु ।
यो नै मेरो पत्रकारिताको प्राप्ति हो । अर्को सबैभन्दा ठूलो कुरा भनेको मैलै पत्रकारिता नगरेको भए, समाज नै बुझ्न सक्ने थिइन ।
समाजका हरेक पात्रहरुसँग भिज्ने मौका मिलेको छ । के गुमाए भन्दा वुवा आमा भाइबहिनीसँग बस्न पाइन । आफ्नो जन्मभूमि छाड्नु पर्यो, हो ।
जीवनको उपलब्धिको मापन आर्थिकलाई नमान्ने हो भने अध्ययन, समाज र परिचयलाई मैलै उच्चतम प्राप्ति नै मान्नुपर्छ । अन्यथा धेरै गुमाए भनेर पछुताउनुपर्ने अवस्था छैन ।
पत्रकारिता भनेको त्याग र सम्र्पणबाट हुने पेशा हो ।
पत्रकारिताका लागि अध्ययन अनिवार्य हुन्छ । तर, अध्ययन मात्रैले पुग्दैन । यसको लागि फेरी पनि सम्र्पण नै चाहिन्छ । पत्रकारिताको विकास भइरहेको छ । अहिले बढि चुनौती भनेको नयाँ मिडिया हो । आम सञ्चारका माध्यम पत्रिका, रेडियो र टेलिभिजनलाई अनलाईन मिडियाले चुनौती दिएको छ ।
मिडियाको महत्व दिनप्रतिदिन बढिरहेका छन्। तर माध्यम परिवर्तन भएको छ । यसकारण अब पत्रकारितालाई टिकाउनका लागि प्रविधि सिक्न अनिवार्य भइसकेको छ ।
सरकारले पत्रकारितालाई मर्यादित बनाउनका लागि स्थापना गरिएका संरचना गतिशिलता बढाउनुपर्छ । मिडियाको संख्या मात्रै भन्दा पनि यसको गुणात्मक विकासमा ध्यान दिनुपर्छ । हरेक पेशामा चुनौती छ ।
चुनौतीहरु त स्वभाविक खेप्नुपरेको छ नै । समाचार लेखेकै कारण पनि केहि असहज अवस्थाहरु आए केही क्षेत्रबाट ज्यान मारीदिन्छु भन्ने धम्की समेत आए ।
समाजको हितका निम्ति काम गर्दा केहि कठिनाईहरु आएका थिए । यसका अलवा शुरुवातमा स्थापित हुनकै लागि ठूलो संघर्ष गर्नुपर्छ । त्यो संघर्षले जीवनलाई बुझ्ने ठूलो अवसर पनि मिल्यो ।
अंग्रेजी पात्रो अनुसार ९ मार्च २०२२ मा खप्तडटिभी डटकमको जन्म भयाे ।
खप्तडटिभीले जनचासोका विषय उठान गर्नुका साथै मुलुकमा व्याप्त महाव्याधिका रुपमा रहेका विकृति, बेथिति, भ्रष्टाचार एवं अत्याचारविरुद्ध सशक्त रुपमा समाचार सामग्री प्रकाशन प्रसारण गरेको छ।
उदाहरणकै रुपमाः खप्तडटिभीको समाचार प्रभाव कै कारण सरकारी जग्गा हडपेका एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले ‘कब्जा गरी घर कम्पाउण्ड बनाइसकेका’ सरकारी जग्गा फिर्ता भए भने, नेपाल सरकारको पूर्व मन्त्री भएर पनि सरकारी जग्गा हडपेर भोगचलन गरिरहेको पर्दाफास भयो ।
राजनीतिक पहुँच एवं शक्ति केन्द्रका आडमा पदीय दुरुपयोग गरी महाठगि गर्ने एवं सामाजिक विकृति फैलाउने कयौँ ‘कलंक’हरुको वास्तविक चित्र आम पाठकसामु ल्याउन सक्यो, खप्तडटिभीले ।
कथित अमुृक भनिने एवं मूलधारका सञ्चारमाध्यम भनेर फोस्रो गफ दिनेहरुसामुन्ने खप्तडटिभी डटकम खोजमूलक सामग्री प्रस्तुत गर्ने हकमा रत्तिभर पनि विचलित भएन । खप्तडटिभी डटकमले उठान गरेका विषयहरु कोही अधुरा छैनन् भने टुंगोमा पुग्न बाँकी रहेका विषयबारे गहन अध्ययन भइरहेको समेत भई रहेको छ।
नागरिक पत्रकारिता अर्थात् ‘सिटिजन जर्नालिज्म’लाई अंगिकार गरेको खप्तडटिभीका विषयवस्तुहरु जस्ताको त्यस्तै कपि गरेर विभिन्न न्यूजपोर्टलले प्रकाशन गरेका थुप्रै उदाहरण छन् ।
तर, खप्तडटिभीले अन्य सञ्चारमाध्यम एवं न्यूजपोर्टले उठाएका विषयवस्तुको परनिर्भरता कहिल्यै बोकेन ।
यो बीचमा खप्तडटिभीले थुप्रै कठिनाई झेलेको छ । अर्काको प्रगतिमा आँखा गाड्ने नेपाली समाजको नाकैमुनि खप्तडटिभीका सम्पादक पृथ्वी बहादुर शाह अदालतबाट सफाइ पाएर रिहा भएका छन् ।
भनिन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।’ काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाई प्रमाणित गरेको छ । सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास्पद हार व्यहोरेको छ ।
पत्रकार गणेश विकबिरुद्ध समाचार लेखेकै कारण ११ पटक पेशी चढेको सो मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले दाबी नपुग्ने आदेश दियो ।
सिन्सियरका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी सञ्चालक राजेश खड्काले काठमाडौं जिल्ला अदालतमा ७७ करोड रुपैयाँ बिगो मागदाबी गर्दै गालीबेईज्जतीको मुद्दा दायर गरेका थिए।
लेखक : गणेश विक नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला शाखाका कार्यसमिति सदस्य हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्