काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् ।
सोमवार मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मदन—आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको नभएको स्पष्ट पारे । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने बताए । नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले प्रतिष्ठानहरू ठगी खाने भाँडोका रूपमा स्थापित हुनु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्