images
images
  • बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

    सोमबार बसेको प्रदेशसभा बैठकमा उनले आफ्नो पक्षमा ६३ मत प्राप्त गर्दै सहज रूपमा विश्वासको मत पार गरेका हुन् ।

    विश्वासको मतको विपक्षमा २२ मत परेको थियो भने बैठकमा जम्मा ९२ जना प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

    संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    बानियाँ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन् । उनले २० साउनमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै मुख्यमन्त्रीको शपथ लिएका थिए ।

    बानियाँ नेतृत्वको सरकारलाई सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवैको समर्थन रहेको छ । दुवै पार्टीले आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्दै विश्वासको मतमा समर्थन गर्न निर्देशन दिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै