images
images
  • रामहरी खतिवडाको राजीनामा स्वभाविक : एमाले

    काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा स्वभाविक भएको बताएका छन् ।

    मंगलवार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानविन समितिले सभापतिलाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाको राजीनामा स्वभाविक भएको बताएका हुन् ।

    कानून निर्माण भएको त्रुटीका आधारमा राजीनामा दिने कुरालाई अन्यथा लिन नहुने उनको तर्क छ । प्रमुख सचेतक बर्तौलाले समिति सचिवले समेत अब सोही समितिमा बसेर काम गर्न नसक्ने बताए ।

    उनले विधायिकी प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी समिति सभापति र समिति सचिवकै हुने उल्लेख गर्दै सचिवलाई सोहि समितिमा निरन्तरता दिन नहुने बताए ।

    उनले कानून निर्माण प्रक्रियाबारे कर्मचारीहरुमा ज्ञानको कमि भएको कारण समय समयमा प्रश्न उठ्ने गरेको पनि बताए । उनले संसदमा कानून महाशाखा स्थापना गनुपर्ने आवश्यकता पनि औंल्याए ।

    कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबाट शिक्षा लिएर अगामी दिनमा कानून निर्माण गर्दा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै