काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मंगलबारको संसद बैठकमा सम्बोधन गर्दै खतिवडाले समितिको सभापति पदबाट राजीनामा घोषणा गरेका हुन् ।
उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका हुन् ।
खतिवडा नेपाली कांग्रेसका सांसद हुन् । उनले समितिको सभापतिमा रहँदै विभिन्न विधेयक तथा नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्