images
images
  • मुकुल ढकालको रिट खारेज, नहुने भए रास्वपाको महामन्त्री

    काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री कायम गर्न माग गरी मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

    पार्टीबाट निष्कासित भएका ढकालले निर्वाचन आयोगमा रास्वपाको केन्द्रीय समिति अद्यावधिक नभएको पाएपछि सर्वोच्च अदालतमा महामन्त्री कायम गरिदिन भन्दै रिट दायर गरेका थिए ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै उनी अब रास्वपाको महामन्त्री कायम हुने कानुनी बाटो टुंगिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै