काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर र महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठकको सुरुमा सांसदहरूले विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा सोधेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
संसद सचिवालयका अनुसार, आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिइने कार्यसूची तय भएको छ ।
यसका साथै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने महत्वपूर्ण कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्