काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले एकै पटक उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।
परिषद्को निर्णय अनुसार विशेष अदालतको अध्यक्ष रहेका न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा गरिएको छ । कुँवरको सरुवा उच्च अदालत जनकपुरमा न्यायाधीशको रूपमा गरिएको हो ।
उक्त सरुवासँगै उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
न्याय परिषद्का अनुसार न्यायिक सेवा सञ्चालनमा प्रभावकारिता ल्याउन तथा क्षेत्रीय सन्तुलन कायम गर्न सरुवा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्