images
images
  • प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौंमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीलाई अन्तिम रूप दिन र औपचारिक निमन्त्रणा हस्तान्तरण गर्न भारतीय विदेश सचिव विक्रम मिस्री आज (आइतबार) काठमाडौं आइपुगेका छन् । उनी भारतीय वायुसेनाको विशेष विमानमार्फत केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले आफ्नो दुई दिने बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नु हो ।

    यसका साथै, दुई देशका परराष्ट्र सचिवबीच द्विपक्षीय बैठक पनि हुनेछ, जहाँ कनेक्टिभिटी, विकास सहयोग, पारस्परिक हितका साथै नेपाल-भारत साझेदारीका विविध पक्षमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ, यद्यपि भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ । विदेश सचिव मिस्रीको यो भ्रमणले भ्रमणको मिति र एजेन्डालाई अन्तिम रूप दिने विश्वास गरिएको छ । उनी असोज १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै