काठमाडौं । रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जनाको हत्या गरिएको घटनामा तत्कालीन जनअधिकार फोरम (हाल जनता समाजवादी पार्टी, नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० विरूद्ध मुद्दा चल्न सक्ने देखिएको छ।
राष्ट्रिय मानव अधिकार आयोग र सरकारले नै बनाएको न्यायिक जाँझबुझ आयोगको प्रतिवेदनले उपेन्द्र यादवसहित १३० जनाविरूद्ध मुद्दा चल्न सक्ने जनाएका छन्।
मानव अधिकार आयोगले २०७९ पुस १९ मा मुद्दा चल्न सक्ने व्यक्तिहरूको सूची नै समावेश गरी सरकारलाई मुद्दा चलाउन सिफारिस गरिसकेको छ।
सरकारले अनुसन्धान गरी मुद्दा चलाउन तदारूकता नदेखाएपछि त्रिभुवन शाहले सर्वोच्च अदालतमा परमादेश माग गरी रिट दायर गरेका थिए।
उक्त रिटमा सुनुवाइ गरी सर्वोच्च अदालतले सोमबार १९ वर्षदेखि दबाइएको उक्त घटनामा मुद्दा अघि बढाउन परमादेश जारी गरिसकेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट परमादेश जारी भएसँगै अब उक्त घटनाका आरोपीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने बाध्यता सरकारमाथि सिर्जना भएको छ।
घटनासँग सम्बन्धित उजुरी, उजुरी संलग्न प्रमाण कागजात, मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन र नेपाल सरकारबाट गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन, २०६४ समेतको अध्ययनपछि उक्त सिफारिस गरिएको आयोगको निर्णयमा उल्लेख छ।
साथै सर्वोच्च अदालतको सिफारिस अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने सर्वोच्च अदालतले यसअघि अर्कै मुद्दामा नजिर कायम गरिसकेको छ। त्यसैले अब मानव अधिकार आयोग सिफारिसमा सरकारको तजबिज चल्न सक्ने अवस्था छैन।
मानव अधिकार आयोगले पाँच सदस्यीय टोली खटाई अनुसन्धान गरेको थियो। टोलीले २०६३ चैत २८ गते प्रतिवेदन पेस गरेको थियो।
दुई पक्षबीच रहेको प्रतिशोधी भावना हिंसामा परिणत भई तत्कालीन मधेसी जनअधिकार फोरमतर्फका व्यक्तिहरूको योजनाबद्ध र नियमित आक्रमणबाट २७ जना माओवादी कार्यकर्ताहरूको क्रूर, अमानवीय तथा अपमानजनक तरिकाबाट हत्या र ११५ जना घाइते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगका अनुसार, घटनामा फोरमतर्फबाट मधेसी मुक्ति मोर्चाको मञ्च भत्काउने तथा तोडफोड गर्ने कार्य भएपछि त्यसको प्रतिरोधमा पहिलो गोली मधेसी मुक्ति मोर्चाको तर्फबाट चलेको थियो।
‘त्यसको प्रतिकारमा फोरम तर्फबाट माओवादीहरूलाई पूर्वतयारी गरी नियोजित रूपमा नियन्त्रणमा लिई वा लिने क्रममा भएका क्रियाकलाप अमानवीय र क्रूर हुन पुगेको देखिन्छ,’ आयोगले महान्यायाधिवक्ताकहाँ पठाएको दस्तावेजमा लेखिएको छ, ‘उदाहरणको लागि लैंगिक संवेदनहीन भई माओवादी महिला कार्यकर्ताको स्तन काटिनु, महिलाका जननेन्द्रीयहरूमा लक्षित गरी कुटपिट गरिनु, व्यक्तिहरूको हत्या गर्ने तरिका प्रायः एउटै हुनु, अपरिचित व्यक्तिहरूलाई लखेटी–लखेटी लाठी, भाँटा, रड, भालाजस्ता हतियारले कुटीकुटी वा घोचीघोची मारेको, जलाएको, मारिसकेपछि बौद्धिमाईको मन्दिर वरिपरि मृतकको लाश घुमाई मूर्तिमा रगत चढाएको भनी उल्लेख भएको यस आयोग र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन, २०६४ को निष्कर्षबाट घटना पूर्वनियोजित, मनसाययुक्त र क्रूर तरिकाबाट घटाइएको देखियो।’
चैत ७ गते भएको घटनाको ५० दिनसम्म पनि जाहेरी दर्ता नभएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरको अपराध दर्ता किताबमा २०६४ वैशाख २८ गते मात्र दर्ता नं. ८९ मा दुईवटा किटानी जाहेरी दर्ता भएको भनिएको छ।
‘यस्तो अमानवीय र सभ्य समाजले कल्पनासम्म गर्न नसक्ने अपराधविरुद्ध वास्तविक रूपमा जाहेरी दर्ता गरी अनुसन्धान तथा छानबिन प्रक्रिया अगाडि बढाउन अनुसन्धान तथा अभियोजनको जिम्मेवारीमा रहेको निकाय पूर्णतः उदासीन भएको देखिन्छ। यसलाई प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ता कार्यालयले समेत बेवास्ता गरेको छर्लंग देखियो,’ आयोगले लेखेको छ।
नेपाल सरकार आफैँले तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरेको अध्यक्षतामा २०६३ चैत ९ गते जाँचबुझ आयोग गठन गरी २०६४ असार ३० गते प्रतिवेदन बुझ्यो।
‘जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष प्रतिवेदन बुझाउँदै घटना नियोजित, योजनाबद्ध, मनसाययुक्त, जघन्य र क्रूर भएको तर मुद्दा चलाउनुपर्ने निकायहरू निष्क्रिय रहेको उल्लेख गर्दै तत्कालीन सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ बमोजिम शीघ्र मुद्दा चलाउन गरेको सिफारिसको समेत कार्यान्वय हुन नसक्नु अर्को दुःखद पक्ष हो,’ मानव अधिकार आयोगको भनाइ छ, ‘यस्तो अवस्थाले एकातर्फ पीडित तथा मृतक परिवारको न्याय पाउने अधिकार निरन्तर उल्लंघन हुँदै आएको छ भने अर्कोतर्फ सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको देखियो।’
पीडित निरन्तर पीडित भइरहने, अनुसन्धान र अभियोजन गर्ने निकाय नेपाल प्रहरी र सरकारी वकिल कार्यालय निष्क्रिय रही दण्डहीनताले निरन्तरता पाइरहँदा पनि सरकार आफैँले गठन गरेको आयोगको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन नसक्दा पीडितको न्याय पाउने अधिकार प्रभावित भइरहेको पनि मानव अधिकार आयोगको ठहर छ।
‘एकातर्फ जाँचबुक आयोगको प्रतिवेदन सार्वजनिक नहुनु र अर्कोतर्फ त्यही आयोगले छानबिन र कारबाहीको लागि जघन्य अपराधको घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि कानुनी कारबाही हुन नसक्दा दोषीहरूले निर्धक्कसाथ समाजमा उपस्थिति देखाइरहने अवस्थालाई दण्डहीनताको पराकाष्ठाको रूपमा लिन सकिन्छ,’ देशको संवैधानिक निकाय मानव अधिकार आयोगले भनेको छ, ‘यस्तो अवस्था आउनुमा घटना भएदेखि हालसम्मका जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा उनीहरूको केन्द्रीय नेतृत्व मानव अधिकारप्रति संवेदनशील रहे भएको महसुस गर्न सक्ने अवस्था रहेन।’
तसर्थ, तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीको भ्रातृ संगठन मधेसी मुक्ति मोर्चा दुवैले हतियारको प्रयोग गरी एकले अर्काको स्वतन्त्रता र अस्तित्वलाई स्वीकार गर्न नसक्दा नै यस्तो जघन्य अपराध भएको भन्दै मानव अधिकार आयोगले यस घटनामा दुवै दलका जिल्ला र केन्द्रका नेतासमेत जिम्मेवार रहेको किटानीसाथ भनेको छ।
‘तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समतले आफ्नो मातहतका नेता तथा कार्यकर्ताहरूलाई संयमित बनाउने तथा घटनामा दोषी देखिएका कार्यकर्ताहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गरेको देखिएन,’ आयोगको निष्कर्ष छ, ‘यस अवस्थाले दुवै दलको नेतृत्व घटनाप्रति गम्भीर भएको अवस्था नदेखिँदा घटनामा माओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन मधेसी मुक्ति मोर्चाका महासचिव प्रभु साह र पूर्वजनसरकार प्रमुख विन्देश्वर यादव तथा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसमेत जिम्मेवार थिएनन् भन्न सकिने अवस्था भएन।’
मानव अधिकार आयोगले घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएका जाहेरी र नेपाल सरकारद्वारा गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदनले दोषी भनी उल्लेख गरेका व्यक्तिहरूको सूची नै तयार गरी सरकारलाई उपलब्ध गराएको छ। र, उनीहरूमाथि तहकिकात गरी मुद्दा चलाउनुपर्ने भनेको छ।
जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू
अजय गुप्ता, गौर नपा वडा नं. ९, रौतहट
गौरी शंकर यादव, गौर नपा वडा नं. ९, रौतहट
बाबुलाल साह कानु, गौर नपा वडा नं. २, रौतहट
ललन सिंह, गौर नपा वडा नं. १३, रौतहट
चन्द्रिका सिंह, सरुअठा ४, रौतहट
बलराम सिंह कुँवर, ब्रम्हपुरी, रौतहट
उपेन्द्र यादव, बसनाहा गाविस, सप्तरी
राजेन्द्र यादव, ठेगाना नखुलेको
सञ्जीव यादव, टेंग्राहा १, रौतहट
रामकलेवर सिंह, गौर नपा ५, रौतहट
जगन्नाथ केसरी, गौर नपा वडा नं. ९, रौतहट
सञ्जीव यादव, मुडवलवा २, रौतहट
शम्भु सिंह, गंगापिप्रा २, रौतहट
रामप्रवेश सिंह, गंगापिप्रा २, रौतहट
रुपनारायण चौधरी, हथियाही ७, रौतहट
चुल्हाइ साह, वसन्तपुर १, रौतहट
१देवानन् भन्ने देवनाथ भा, वसतपुर ४, रौतहट
राम आधार साह, वसन्तपुर १, रौतहट
शिवशंकर सिंह, ब्रम्हपुरी १, रौतहट
जगरनाथ ठाकुर, ब्रम्हपुरी ५, रौतहट
गणेश राय यादव, शीतलपुर, बैरगनिया, रौतहट
विनोद सिंह, ब्रम्हपुरी १, रौतहट
जयनन्द यादव, दक्षिण भिटकैया, बारा
नन्द किशोर साह, सरमजुबा २, रौतहट
कपिल देव राय यादव, धरहरी, रौतहट
दामोदार प्रियदर्शी, सोनरीया ४, रौतहट
बबन सिंह, ब्रम्हपुरी १, रौतहट
भूषण सिंह, गौर नपा १३, सिसिंया, रौतहट
रामप्रसाद लाल, ब्रम्हपुरी २, रौतहट
जितेन्द्र सिंह, ब्रम्हपुरी १, रौतहट
रामेश्वर राय यादव, मुडबलवा २, रौतहट
प्रेमचन्द्र भा, रौतहट
राम अयोध्या महतो चनउ, गौर नपा ६, रौतहट
अवधेश चनउ, गौर ६, रौतहट
राम निबास सिंह, हजमिनिया ८, रौतहट
उमेश तिवारी, हजमिनिया ५, रौतहट
अशोक सिंह, हजमिनिया १, रौतहट
भाग्य नारायण साह, वसन्तपुर, रौतहट
शंकर सिंह, वसन्तपुर ५, रौतहट
मुन्ना सिंह, हजमिनिया १, रौतहट
मंगल राउत बरई, बरियारपुर ५, रौतहट
शेख दाउद, कनकपुर, रौतहट
शंकर यादव, माइधिया मानपुर, रौतहट
अरुण सिंह, गौर १३, रौतहट
मुकुट सिंह, हजमिनिया १, रौतहट
विश्वनाथ पट्टेल, जेठरहिया ५, रौतहट
वीरेन्द्र राउत, जेठरहिया ९, रौतहट
जयचन्द्र यादव, टेंग्राहा ४, रौतहट
दिन्ना यादव, टेंग्राहा २, रौतहट
सहन राय यादव, टेग्राहा १, रौतहट
हरिन्द्र यादव, जयनगर ९, रौतहट
वैद्यनाथ साह, मठिया ७, रौतहट
ललि साह तेली, औरही १, रौतहट
शंकर साह बनिया, औरही १, रौतहट
वीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट
जोद्धा साह, गौर नपा, रौतहट
शंकर राय यादव, लक्ष्मीपुर, रौतहट
बेराहिम अन्सारी, जयनगर, रौतहट
श्री नारायण झा, वसन्तपुर, रौतहट
रामबाबुप्रसाद यादव, कचारवा १, बारा
जियालाल प्रसाद यादव, इनर्बामाल, कोइलीडिहा, बारा
शिउनाथ पट्टेल, मकौलिया, भिटकैया, बारा
मदन साह, गौर नपा १२, रौतहट
अरविन्द सिंह, हजमिनिया १, रौतहट
पवन सिंह, हजमिनिया ५, रौतहट
भुपेन्द्र महतो, भसेढवा, रौतहट
गौर घटना जाँचबुभक आयोगको प्रतिवेदन, २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू:
राम सोगारत यादव, गौर ४, रौतहट
पंकज भारती, गौर ४, रौतहट
नरेश भारती, गौर ४, रौतहट
दीपेन्द्र भारती, गौर ४, रौतहट
देवी यादव, गौर ५, रौतहट
लालकिशोर राउत, गौर ९, रौतहट
रामदास साह, वसन्तपुर १, रौतहट
रामेश्वर साह, वसन्तपुर १, रौतहट
रामजी दास, वसन्तपुर १, रौतहट
रजनिस का, वसतपुर १, रौतहट
हरिकिशोर यादव, गौर (मालपोतमा लेखापढी गर्ने)
लालकिशोर राउत, गौर ९, रौतहट
गंगा सिंह, गौर ९, रौतहट
हिन्दु राय यादब, महमदपुर, रौतहट
नवल यादव, महमदपुर रौतहट
ब्रज यादव, महमदपुर, रौतहट
सञ्जीव झा, रौतहट
रणवीर महतो, रौतहट
भद्दा ठाकुर हजाम, ब्रम्हपुरी, रौतहट
गगनदेव महतो, रौतहट
सोनालाल यादव, रौतहट
भूनरेस यादव, रौतहट
नरेश साह तेली, रौतहट
अर्जन मल्लिक, गौर, रौतहट
जर्गादस मल्लिक, गौर रौतहट
फेक, गौर गडवा, रौतहट
मुल्तिक, गडवा, रौतहट
रामशंकर श्रीवास्तव, ब्रम्हपुरी, रौतहट
तेजा बैठा, हजमिनिया पतही, रौतहट
अमर बैठा, हजमिनिया, पतही, रौतहट
विनोद चमार, हजमिनिया, पतही, रौतहट
मदन सिंह, वसतपुर, रौतहट
शिव पासवान, गौर-११, रौतहट
मसेज खाँ, गौर-१० सिसवा, रौतहट
दीपेन्द्र साह तेली, गौर-१०, सिसवा
छोटन सिंह, गंगापिप्रा, रौतहट
गगन सिंह, सिर्सिया रौतहट
अनिल सिंह, रौतहट
अमर यादब,इनरवारी-१, रौतहट
धनन्जय का, गौर, रौतहट
वीरवासनी सहनी, बसन्तपटी-६, रौतहट
किशोरी राय यादव, इनरबारी १, रौतहट
बलरुवा अन्सारी, जयनगर, रौतहट
रामचन्द्र गिरी, नरकटिया, रौतहट
शम्भु साह कानु, गौर २, रौतहट
अवधेश चनउ, टिकुलिया ६, रौतहट
सञ्जय केशरी, टिकुलिया ६, रौतहट
राजीनन् सिंह गौर, रौतहट
रामकुमार शर्मा, महोत्तरी
तेजिलाल पटेल इनरबारी ६, रौतहट
गगनदेव बैठा, टेंग्राह ७, रौतहट
कौशल सिंह, वसन्तपुर ४, रौतहट
रामनिवास सिंह, हजमिनिया, रौतहट
रामअवतार साह तेली, वसन्तपुर, रौतहट
राजेश गुप्ता, ठेगाना नखुलेको
हरि सिंह, ठेगाना नखुलेको
शंकर मुखिया, ठेगाना नखुलेको
राजेन्द्र पटेल, ठेगाना नखुलेको
रामप्रवेश पटेल, लक्ष्मनीया ५, रौतहट
शेख जमशैद, गौर नपा १०, रौतहट
गुडु सिंह, ब्रम्हपुरी १, रौतहट
विनोद सिंह, ब्रम्हपुरी १, रौतहट
उमा राय यादव, औरइया ५, रौतहट
विक्रम सिंह, गौर नपा १३, रौतहट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्