काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
बुधबार गृह मन्त्रालयले गरेको निर्णयअनुसार उपत्यकासहित देशका विभिन्न जिल्लामा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
सरुवा अनुसार काठमाडौंका नयाँ सीडीओको जिम्मेवारी छविलाल रिजालले पाएका छन् । ललितपुरको जिम्मा सहसचिव सुमन घिमिरेलाई दिइएको छ ।
भक्तपुरमा भने गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ । यसअघि काठमाडौंको सीडीओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।
गृह प्रशासन सुदृढीकरण तथा नियमित प्रशासनिक प्रक्रिया अनुसार गरिएको यस सरुवालाई सरकारको नियमित रोटेसनको रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्