images
images
  • सहमतिबिनै समितिबाट शिक्षा विधेयक पारित भएपछि महासंघले घोषणा गर्‍यो आन्दोलन

    काठमाडौँ- संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

    महासंघले आज पत्रकार सम्मेलन गरी भदौ ११ गते देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

    महासंघकी सहअध्यक्ष नानु माया पराजुलीले भदौ  ११ गते  देखि २० गते सम्म सबै तहमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको जानकारी दिइन्।

    ‘२० गतेसम्म सरकारले वेवास्था गरे भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ,’ उनले भनिन्,  ‘विरोध प्रदर्शन लगायतका कार्यकम ल्याउनेछौँ।’

    महासंघले भदौ ११ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना  दिने निर्णय गरेको छ।

    भदौ १३ गते सबै पालिका र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको महासंघले जनाएको छ।

    समितिले बिहीबार विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको थियो। प्रारम्भिक बाल कक्षा ईसीडी शिक्षकको सेवा सुविधा, निजी विद्यालयको छात्रवृत्तिमा सांसदहरू एकमत हुन नसक्दा बहुमतको आधारमा प्रतिवेदन पारित गरिएको हो।

    महासंघले स्थायी भएका शिक्षकको बढुवा हुनु पर्ने, अस्थाई शिक्षकलाई स्थायी बनाउनु पर्ने, ईसीडीका सहजकर्तालाई शिक्षक मान्नु पर्ने, विद्यालय शिक्षकको सेवा सुविधा बढाउनु पर्ने लगाएतका माग विधेयकले नसमेटेको आरोप लगाएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै