images
images
  • कोशी प्रदेशसभा भित्रै पत्रकारहरूको धर्ना

    विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको आमसञ्चार विधेयकको विरोधमा संसदीय पत्रकारहरुले प्रदेशसभा भित्रै धर्ना दिएका छन् । उक्त विधेयक खारेजीको मागसहित पत्रकारहरुले शुक्रबार धर्ना दिएका हुन् ।

    प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार सभामा पेस भएको छ । यसमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्ड जरिवाना गर्ने प्रावधानको पत्रकारले विरोध गरिरहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै