images
images
  • प्रधानमन्त्री ओलीसँग विपिनका आमा र बहिनीको भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेटवार्ता गरेका छन् ।शनिवार उनीहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

    उनीहरू इजरायलबाट फर्केपछि उनीहरूसँग भेट गरेको प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पोस्ट मार्फत जानकारी दिए ।

    उनीहरू विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्किएको प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा बताएका छन् ।

    उनले विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् ।

    विपिन इजरायल सरकारद्वारा पुष्टि गरिएका बन्धकमध्ये एक हुन् । ७ अक्टोबर २०२३ मा इजरायल र प्यालेस्टाइन युद्धको क्रममा विपिन बेपत्ता छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै