काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका कतिपय नेताहरू बिचौलिया र दलाल प्रवृत्तिमा लागेकै कारण पार्टी कमजोर बनेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा बोल्दै उनले शान्ति प्रक्रियापछि नेताहरू समाजवादी बन्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे ।
‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण पार्टी कमजोर बनिरहेको छ,’ प्रचण्डले भने, ‘अब सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
उनले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्न स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्रको निर्माण आवश्यक रहेको बताए । कृषि, उद्योग, जडीबुटी र पर्यटनलाई प्राथमिकतामा राख्दै उत्पादनमै आधारित समाजवाद सम्भव हुने प्रचण्डको भनाइ थियो ।
‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो,’ उनले भने, “सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।’
हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’को नीतिलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै उनले अब पार्टी समुदायमा फर्किने, जनतासँग प्रत्यक्ष जोडिने र उत्पादनमा आधारित अभियान चलाउने स्पष्ट संकेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्