काठमाडौँ । आन्दोलनरत उखु किसानले अनिश्चितकालीन राजमार्ग बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । सरकारले उनीहरूको माग बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिए ।
विज्ञप्तिमा यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने उल्लेख गरिएको छ ।
महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर९खेतमा फर्किने वातावरण बनाउन माग गरेको छ ।
उनीहरूले माग पुरा नभए यही भाद्र २५ गतेबाट राजमार्ग अवरुद्ध गर्ने जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्