काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणको निर्देशन दिँदै दिएको ७ दिने समयसीमा बुधबार राति सकिएको छ ।
अब सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय बनाउने तयारी थालेको सरकार स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार सूचीकरण नगरेका सामाजिक सञ्जाललाई प्राथमिकताका आधारमा निष्क्रिय गरिनेछ । तर, यदि ती सञ्जाल सूचीकृत हुन प्रक्रिया थाल्ने हो भने पुनः सक्रिय गरिने तयारी रहेको बताइएको छ ।
‘बैठकमा अब के–कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सूचीकरण नगरेका प्लेटफर्मलाई कानुनी दायरामा ल्याउने उद्देश्यले कारबाही प्रक्रिया अघि बढाइनेछ ।’
हालसम्म भाइबर, टिकटक, विटक, निम्बज जस्ता सामाजिक सञ्जालले नेपालमा सूचीकरण गराइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
तर, फेसबुक, ट्वीटर (हालको एक्स), वाट्सएपजस्ता चर्चित सामाजिक सञ्जालले भने मन्त्रालयको पत्राचारपछि पनि कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । ती कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत सम्पर्क गरी सूचीकरणका लागि आग्रह गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्