images
images
  • भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको र दुई सामाजिक सञ्जालले माग गरेअनुसार जानकारी उपलब्ध गराइएको बताएका हुन् ।

    प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएको र सामाजिक सञ्जाल एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र सो अनुसार मन्त्रालयले जानकारी उपलब्ध गराएको छ ।

    साथै, विज्ञप्तिमार्फत प्रवक्ता ठाकुरले पहुँच निषेध गराइएका सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न भनेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै