images
images
  • गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् ।

    मन्त्रिपरिषद्का एक सदस्यले लेखकले बैठकमै राजीनामा घोषणा गरेको पुष्टि गरे । सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्री लेखकले प्रदर्शन नियन्त्रणमा लिन नसकेको भन्दै नैतिक जिम्मेवारी स्वीकार्दै राजीनामा दिएको बताइएको छ ।

    सोमबार राजधानीलगायत विभिन्न स्थानमा जेनजी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । हालसम्म १९ जनाको मृत्यु भइसकेको पुष्टि सरकारले गरिसकेको छ । दर्जनौं घाइते छन् ।

    घटनापछि सार्वजनिक र राजनीतिक वृत्तमा लेखकको राजीनामाको माग बढ्दै गएको थियो । स्रोतका अनुसार लेखकले राजीनामा दिनुअघि कांग्रेस बैठकमा पनि पदबाट राजीनामा दिन चाहेको बताएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै