काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू खोल्न नसकिने अडान लिएका छन् ।
मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रतिबन्ध खोल्न सरकारसँग आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओली भने आफू अडिग रहने बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टीको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै आन्दोलनकारीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री ओलीले प्रतिबन्ध हटाउन सरकार तयार नरहेको प्रस्ट पारे ।
‘सभापतिज्यूले पनि भन्नुभएको थियो । तर कम्पनीहरूले खुलेआम रूपमा दर्ता गर्दैनौं भनिरहेकाछन् । नियमन नगरी यतिकै खोल्न सकिन्न’, प्रधानमन्त्री ओलीले भने ।
अहिले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्