images
images
  • प्रधानमन्त्री कार्कीले नै सम्हालिन् सबै मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनले तत्कालका लागि सबै मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गरेकी छन् ।

    शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । शपथपछि राष्ट्रपतिले कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै ‘देश बचाउन’ आह्वान गरेका छन् ।

    शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार शनिबारसम्ममा गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै