काठमाडौं । नेपाल पत्रकार महासङ्घले भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ले उठाएका माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्न आग्रह गरेको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै ‘जेनजी’ आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति निर्माण हुन पुगेको उल्लेख गर्दै सोही भावनाअनुसार संविधानभित्र रहेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “महासङ्घ लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको नागरिक अगुवा संस्थाका रुपमा रहिआएको छ । यसर्थ हामी संविधानविरोधी कार्यको विरोध गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्